इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ

सारांश

  • बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.
  • ५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।
  • उसका लागि  अभिषेक शर्माले सानदार पारी खेले ।

 

१० माघ,  इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि  अभिषेक शर्माले सानदार पारी खेले । उनले ३४ बलमा ८ छक्का र ५ चौकासहित ७९ रनको पारी खेलेका हुन् । यस्तै, तिलक बर्माले सञ्जु सामसनले २६ र अविजित १९ रन बनाए । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले दुई र आदिल राशिदले एक विकेट लिए । त्यसअघि कोलकाताका लागि इेडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा १ सय ३२ रन बनायो ।

उसका लागि कप्तान जस बटलरले अर्धशतकीय पारी खेले ।  उनले ४४ बलमा ८ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । यस्तै, ह्यारी ब्रुकले १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए । भारतका लागि वरुण चक्रवर्तीले तीन, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदीप सिंहले दुई/दुई विकेट लिए । यो जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?