हिजो तोलामा ५८ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
३७ पटक हेरिएको
Shares
हिजो तोलामा ५८ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो

सारांश

  • हिजो तोलामा ५८ सय बढेको सुनको भाउ आज पनि बढेको छ।
  • सुनको भाउ तोलामा १८ सय बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • सुनको मूल्य हिजो तोलामा ५८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

२४ वैशाख, काठमाडौं ।

हिजो तोलामा ५८ सय बढेको सुनको भाउ आज पनि बढेको छ। सुनको भाउ तोलामा १८ सय बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा ५८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।  यसअघि गएको मंगलबार सुनको भाउ तोलामा ३८ सय रुपैयाँ घटेको थियो। त्यसयताका दुईदिन सुनकाे भाउ लगातार बढेको हो।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय रुपैयाँ बढेर ५ हजार १५५ पुगेको छ। हिजो तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ पुगेको थियो। दुई दिनमा चाँदीको भाउ पनि २७५ रुपैयाँ बढेको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
आज कुन देशको मुद्राको विनिमयदर कति?
आज कुन देशको मुद्राको विनिमयदर कति?
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो
स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु