दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
२० पटक हेरिएको
Shares
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग

सारांश

  • राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।
  •    सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्नुभयो ।
  • “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उहाँले भन्नुभयो, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ ।

१० चैत, काठमाडौँ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।   सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्नुभयो । “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उहाँले भन्नुभयो, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।” सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताउनुभयो ।

सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उहाँले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर कथित बजरङ्गी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिका १९ वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगबाट नागरिकलाई जोगाउने योजना ल्याउन सरकारसँग आग्रह गर्नुभयो । सांसद रेणु चन्दले राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले गुल्मी छत्रकोट रुरु गाउँपालिकाका उखु किसानलाई व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गर्नुका साटो विभिन्न बहानामा किसानलाई दुःख दिने काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद कृष्णबहादुर राकोयाले मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको मडेला जोड्ने भेरी नदीमा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्बाटै पुनः लोडसेडिङ हुन्छ भनेर भन्नु गलत भएको बताउनुभयो । सांसद पूजा चौधरी, बलदेव बोेहरा, सावित्री मल्लले समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

(रासस) 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
गण्डकी प्रदेशले चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा
रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा