सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
४९ पटक हेरिएको
Shares
हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु

सारांश

  • हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर मृत्यु भएको हो ।
  •   आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो ।
  • उहाँलाई सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

 

सर्लाही, सर्लाहीको हरिवनमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ ।हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर मृत्यु भएको हो ।  आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो । उहाँलाई सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । आलेलाई सोमबार राति १ बजेतिर सर्पको डसेको थाहा पाएपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।  गम्भिर अस्पतालमा ल्याइएका आलेलाई उपचार केन्द्रले भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेको थियो । उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले बिरामीको शरीरभरि विष फैलिएपछि उपचारका लागि ल्याएकाले यहाँ उपचार सम्भव नभएको बताउनुभयो । आफूहरुले १० भाइल एन्टीस्नेक भेनम चलाएर जनकपुरतर्फ पठाउँदा बिरामीको बाटोमा नै मृत्यु भएको उहाँले बताउनुभयो । यादवले बिरामीलाई सुरुमा विषालु सर्पले डसेको भनी थाहा नभएकाले पनि उपचारका लागि ल्याउँदा ढिलो भएको पाइएको बताउनुभएको छ ।  उपचार केन्द्रमा ल्याएपछि स्वास्थ्यकर्मीले घाउको डोप हेरेर गोमन सर्पले डसेको भनी पहिचान गरेका थिए । नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा चलाउन जान्ने जनशक्ति नहुँदा केन्द्रको भेन्टिलेटर र आइसियु लामो समयदेखि थन्किएर बसेको छ । https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल
नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते