हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३६ पटक हेरिएको
Shares
हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु

सारांश

  • हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर मृत्यु भएको हो ।
  •   आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो ।
  • उहाँलाई सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सर्लाही, सर्लाहीको हरिवनमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ ।हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर मृत्यु भएको हो ।  आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो । उहाँलाई सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । आलेलाई सोमबार राति १ बजेतिर सर्पको डसेको थाहा पाएपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।  गम्भिर अस्पतालमा ल्याइएका आलेलाई उपचार केन्द्रले भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेको थियो । उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले बिरामीको शरीरभरि विष फैलिएपछि उपचारका लागि ल्याएकाले यहाँ उपचार सम्भव नभएको बताउनुभयो । आफूहरुले १० भाइल एन्टीस्नेक भेनम चलाएर जनकपुरतर्फ पठाउँदा बिरामीको बाटोमा नै मृत्यु भएको उहाँले बताउनुभयो । यादवले बिरामीलाई सुरुमा विषालु सर्पले डसेको भनी थाहा नभएकाले पनि उपचारका लागि ल्याउँदा ढिलो भएको पाइएको बताउनुभएको छ ।  उपचार केन्द्रमा ल्याएपछि स्वास्थ्यकर्मीले घाउको डोप हेरेर गोमन सर्पले डसेको भनी पहिचान गरेका थिए । नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा चलाउन जान्ने जनशक्ति नहुँदा केन्द्रको भेन्टिलेटर र आइसियु लामो समयदेखि थन्किएर बसेको छ । https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
महतो चुनावी मैदानमा सक्रिय, जनताको उल्लेखनीय सहभागिता
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा