Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थमन्त्री चढ्ने दुईसहित अर्थका ४४ गाडी जले

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अर्थमन्त्री चढ्ने दुईसहित अर्थका ४४ गाडी जले

सारांश

  • भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा अर्थ मन्त्रालयका ४४ वटा गाडी जलाइएको छ ।
  • जसमा अर्थमन्त्री चढ्ने दुईसहित १६ वटा गाडी पूर्ण रूपमा जलेका छन् ।
  • ३३ वटामा भने आंशिक क्षति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

२९ भदौ, काठमाडौं ।

भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा अर्थ मन्त्रालयका ४४ वटा गाडी जलाइएको छ । जसमा अर्थमन्त्री चढ्ने दुईसहित १६ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ३३ वटामा भने आंशिक क्षति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।  अर्थ मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । मन्त्रालय भवनमा क्षति नभएको भए पनि बजेट महाशाखाको टहरा भने जलेको छ ।

बजेट महाशाखा टहराका १२ वटा कोठा र एउटा हलमा भएका सम्पूर्ण जिन्सी सामग्री जलेर नष्ट भएको छ । यही टहरामा स्टोर रहेकोले त्यो पनि जलेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।  “अर्थको बजेट महाशाखा भएको टहरा जलेको छ । त्यसमा भएका फाइलहरू सबै नष्ट भएका छन्,” पाण्डेयले भने, “मन्त्रालयको भवन सुरक्षित नै छ । पार्किङमा भएका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । केहीमा भने आंशिक क्षति छ ।”  ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर जलेर नष्ट भएका छन् । देशका विभिन्न स्थानमा रहेका १५ आन्तरिक राजस्व कार्यालयमा पूर्ण क्षति भएको छ । त्यसैगरी चार भन्सार कार्यालयमा पनि पूर्ण क्षति भएको छ । पाँच राजस्व कार्यालय र चारवटा भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेय बताउँछन् ।

यसरी पूर्ण क्षति हुने आन्तरिक राजस्व कार्यालयमा दमक, इटरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरजञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा छन् । कृष्णनगर, धुलिखेल, इलाम सेवा कार्यालय र सिन्धुलीमा भने आंशिक क्षति भएको छ । यी आन्तरिक राजस्व कार्यालयमा तोडफोड गरेकाले कर्मचारी र कार्यालय प्रमुख मानसिक रूपमा कमजोर भएको पनि बताइएको छ ।  विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेयले बताए । यी कार्यालयबाट हाल सेवा सुरु भइसकेको उनी बताउँछन् ।

जेनजीको प्रदर्शनका क्रममा संसद् भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय जलेर पूर्ण रूपमा क्षति भएको छ । यीबाहेक अन्य मन्त्रालयमा पार्किङ गरिएका गाडी, मोटरसाइकल र स्कुटर जलाइएको छ । कुनै–कुनै मन्त्रालयको भवनमा नै आंशिक क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु
चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
माओवादी केन्द्रले बनायो दुई कार्यदल
माओवादी केन्द्रले बनायो दुई कार्यदल
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड