लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो

सारांश

  •   नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
  •   आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ।
  • तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ।

१० वैशाख, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ।  आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ २३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ९२ पैसा छ। हिजो युरो १ को खरिददर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा थियो।  त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७२ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा  त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २७ र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०२ पैसा थियो।  आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १६ पैसा थियो।  यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
८०० रुपैयाँले घट्यो सुनको मूल्य
८०० रुपैयाँले घट्यो सुनको मूल्य
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर