महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष चूडामणि पोखरेलसहित २४ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
  • आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बर्दिबास नगरपालिका वडा नम्बर १ का केही स्थानीयले दर्तावाला जग्गाका रुखहरू भनी रम्तेल डाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारबार गरेका थिए ।

४ चैत,  काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष चूडामणि पोखरेलसहित २४ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बर्दिबास नगरपालिका वडा नम्बर १ का केही स्थानीयले दर्तावाला जग्गाका रुखहरू भनी रम्तेल डाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारबार गरेका थिए । आयोगले उनीहरूविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो कायम गरेको छ ।

आयोगले अधिकृत साह र वडा अध्यक्ष पोखरेलका साथै तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सव-डिभिजन वन कार्यालय बर्दिबास, तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि मुद्दा दायर गरेको छ । यसैगरी नापी कार्यालय, बर्दिबास महोत्तरीका तत्कालीन अमिन रामदरश राउत, तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ की तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यस्तै, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ्गविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । यस्तै, बर्दिबास नगरपालिका १ का जग्गा धनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 
मधेस प्रदेशमा कुपोषण विरूद्ध ‘इनफ’ अभियान 
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या