Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दक्षिण कोरियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
दक्षिण कोरियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

सारांश

  • दक्षिण कोरियाको दक्षिण-पूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
  • ज्यान गुमाएकामध्ये धेरैजसो ६० देखि ८० वर्षका छन् ।
  • दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोमा परेर कम्तीमा २६ जना घाइते भएका छन् ।

 

१३ चैत, सोल ।

दक्षिण कोरियाको दक्षिण-पूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । ज्यान गुमाएकामध्ये धेरैजसो ६० देखि ८० वर्षका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोमा परेर कम्तीमा २६ जना घाइते भएका छन् । तीममध्ये १२ जनाको अवस्था गम्भीर छ । डढेलोका कारण कम्तीमा २३ हजार मानिसहरू घर छोड्न बाध्य भएका रहेको  उल्लेख गरेको छ ।

कार्यवाहक राष्ट्रपति हान डक-सुले कोरियाले अभूतपूर्व संकटको सामना गरिरहेको जनाएका छन् । ‘यो हाम्रो राष्ट्रको इतिहासमा सबैभन्दा खराब डढेलो हो र संकट अझै पनि गम्भीर छ,’ टेलिभिजन सम्बोधनमा हानले भने । डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पुर्‍याएको उनको भनाइ छ । क्षतिहरू बढ्दै छन्,’ हानले भने, ‘डढेलोले हामीले पहिले कहिल्यै अनुभव नगरेका क्षति पुर्‍याएको छ । त्यसैले यो साताको बाँकी समयमा हामी सबै डढेलो निभाउन केन्द्रित हुनुपर्छ ।’ रातभरको तीव्र हावाले डढेलो निभाउन कठिनाई भइरहेको हानको भनाइ छ ।

डढेलो नियन्त्रणका लागि कोरियामा तैनाथ अमेरिकी सेनाकासहित १ सय ३० हेलिकप्टर, हजारौं अग्निनियन्त्रक र करिब ५ हजार सैनिक खटाइएको छ । कार्यबाहक राष्ट्रपति हानले बिहीबार केही समान्य पानी पर्ने सम्भावना रहेकाले डढेलो नियन्त्रणमा केही सहज हुने अपेक्षा गरिएको बताए । कोरिया मौसम विज्ञान प्रशासनका अनुसार बिहीबार ५ देखि १० मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ । कार्यबाहक राष्ट्रपति हानले संकट नियन्त्रण भएपछि सरकारले सबै कमजोरीको पूर्ण समीक्षा गर्ने र भविष्यको लागि रोकथाम रणनीति सुधार गर्ने बताएका छन् । “एक पटक जंगली आगो सुरू भएपछि, यसलाई निभाउन ठूलो स्रोत चाहिन्छ र बहुमूल्य जीवनहरूलाई खतरामा पार्छ,’ उनले भने ।

डढेलोले उइसोङ सहरको १३ सय वर्ष पुरानो गाउन्सा मन्दिरसमेत जलेको छ । तर मन्दिर परिसरमा रहेका अधिकांश सांस्कृतिक महत्वका वस्तुहरू भने सुरक्षित स्थानमा सारिएको छ । कोरियाली सञ्चार माध्यहरूका अनुसार सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो सुरू भएको डढेलो पछि उइसोङ काउन्टीमा फैलिएको हो । तीव्र र सुख्खा हावाका कारण डढेलो आन्डोङ, चेङ्गसोङ्ग, योङयाङ्ग र यओङ्गदेओक लगायतका छिमेकी काउन्टीतिर बढिरहेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत
सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै