चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

सारांश

  • चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् ।
  • चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भएका ३५ वर्षीय लोप्साङ लामा पक्राउ परेका हुन् ।

७ असोज, काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् । चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र

सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भएका ३५ वर्षीय लोप्साङ लामा पक्राउ परेका हुन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो । यो समूहले बौद्ध तीनचुलीस्थित पुष्पा लामाको घर भाडामा लिएर दोस्रो तलामा ‘गेम जोन’ भन्दै ‘फिस सुट गेम’को नाममा हारजित हुने गरी जुवा

खेलाएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरू जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको उनले बताए । पक्राउ परेकाहरुबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाइनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल हङकङसँग पराजित
नेपाल हङकङसँग पराजित
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ
स्रोत नखुलेको १२ लाख भारु र ५ लाख नेरुसहित १ जना पक्राउ
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?