चौध वर्षे बालकको निर्मम हत्या, कुहिएको अवस्थामा भेटियो श*व

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
चौध वर्षे बालकको निर्मम हत्या, कुहिएको अवस्थामा भेटियो श*व

सारांश

  • रौतहटमा एक जना १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या भएको छ ।
  • हत्या भएको अवस्थामा पाँच दिनपछि शव खोलाको पानीमा बरामद भएको छ ।
  • जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदीखोलामा एक जना बालकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।

१२ वैशाख, रौतहट ।

रौतहटमा एक जना १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या भएको छ । हत्या भएको अवस्थामा पाँच दिनपछि शव खोलाको पानीमा बरामद भएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदीखोलामा एक जना बालकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।

पछिल्लो ५ दिनदेखि हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुजराय यादवको छोरा वर्ष १४ को कृष्णप्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।   घटनाको जानकारी प्राप्त हुना साथ डीएसपी कार्की सहितको टोली अनुसन्धानको लागि  घटनास्थलमा खटिएको छ। बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिएका छन् । बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुन सक्ने अनुमान रहेको डीएसपी कार्कीले बताएका छन् ।

शवमा कीरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ। गत ६ गते अपरान्ह ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाईकल चढेर निस्केको थियो । त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता नआउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो। घटना सम्बन्धी थप अनुसन्धान भैरहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
सुकुम्वासीका बारेमा सरकारको शासकीय सुधार कार्यसूचीमा के छ ?
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी
जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ