पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो

सारांश

  • धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि ठप्प भएको यातायात पुनः सञ्चालनमा आएको छ ।
  • पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको  बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
  • पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको थियो ।

१३ जेठ, धादिङ ।

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि ठप्प भएको यातायात पुनः सञ्चालनमा आएको छ । पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको  बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको थियो । गन्तव्यतर्फ हिँडेका यात्रु अलपत्र परेका थिए । अहिले आलोपालो गरेर दुवैबाट यातायात संचालन गरिएको एसपी सवेदीले बताए । उनले सुरुमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीहरू पठाइएको जानकारी दिए । पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरू पारी नै अलपत्र परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?