चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु

सारांश

  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए ।
  • उनका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए ।

१६ फागनु, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए । उनका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए ।

त्यतिबेला घरमा उनका ६४ वर्षीय बुबा मीनबहादुर र ६३ वर्षीया देवीमाया भ्लोन थिए । मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भन्दै प्रतिकार गरेको डीएसपी अर्यालले बताए । प्रतिकार गर्दा आफ्नै छोरामाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन पठाइएको थियो । चितवनमै उपचारको क्रममा भरथको मृत्यु भएको डीएसपी अर्यालले बताए ।

भरथ विगत चार वर्षदेखि घर समेत नआएकाले बाबुआमाले नचिनको र त्यसमाथि खुर्सानीको घुलो समेत आँखामा हालिएकाले चोर भन्दै उनीहरूले प्रतिकार गरेको हुन सक्ने अर्यालको भनाइ छ । छोराका कुटाइबाट ६४ वर्षीय बाबुको करङ र हातको औंला भाँचिएको उनले बताए । आमाको पनि हात भाँचिएको छ । मकवानपुरमा उपचार कठिन भएपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको छ । घाइते बाबुआमालाई निगरानीमा राखेर अनुसन्धान गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी