सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा

सारांश

  • सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
  • चन्द्रनगर गाउँपालिका वडा नं.
  • १ स्थित घरमा उनको हत्या भएको हो ।

७ साउन, सर्लाही। सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो । 

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ । प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण
कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण
विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने ३ जना पक्राउ
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने ३ जना पक्राउ
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित
निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर