सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
१९३ पटक हेरिएको
Shares
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा

सारांश

  • काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
  • काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलवारबाट संयुक्त रूपमा वडा नं.
  • ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखियो ।

 

२३ वैशाख, काठमाडौं ।

काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलवारबाट संयुक्त रूपमा वडा नं. ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखियो । यस दिन बिहान ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरूमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेका थिइ ।

मंगलबार नै काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएका थिएइन् । ‘हामी काठमाडौंलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।’ सहयोगापेक्षीसँग कुराकानी गरिसकेपछि उनले प्रतिक्रिया दिए । ‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो । असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो ।’ उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएका थिए । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिए ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए । उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इन्चार्ज कृष्ण पौडेलले जानकारी दिए । उद्धार भएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष छन् । उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्ति छन् । ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ वर्षीया किशोरीसँग विवाह गर्दै गरेको अवस्थामा सुनसरीबाट ३ चिनियाँसहित ८ जना पक्राउ
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु