प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ

सारांश

  •   प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको घटनामा प्रहरीले भतिजालाई पक्राउ गरेको छ।
  •   माण्डवी गाउँपालिका-२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए।
  • उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ गरेको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए।

११ फागुन, काठमाडौं ।  प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको घटनामा प्रहरीले भतिजालाई पक्राउ गरेको छ।  माण्डवी गाउँपालिका-२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए।

उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ गरेको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए। पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको छ। उनले हत्याबारे पनि स्वीकारेको बस्यालले बताए।  ‘सँधै गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको हुँ भनेर भनेका छन्,’ डिएसपी बस्यालले भने। हत्यामा प्रयोग भएको घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद डिएसपी बस्यालले जानकारी दिए।.

शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए। ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए। उनीहरू मृत देखेपछि प्रहरीमा खबर भएको थियो। डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको बताएका छन्। डिएसपी बस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए। उनीहरुका चार छोरा भारतमा बस्छन्। दुई छोरी बिबाह भई दाङ बस्छन्।.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित परिवालाई २१ करोड मुआब्जा वितरण
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित परिवालाई २१ करोड मुआब्जा वितरण
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल