Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
४६ पटक हेरिएको
Shares
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ

सारांश

  •   प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको घटनामा प्रहरीले भतिजालाई पक्राउ गरेको छ।
  •   माण्डवी गाउँपालिका-२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए।
  • उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ गरेको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए।

 

११ फागुन, काठमाडौं ।  प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको घटनामा प्रहरीले भतिजालाई पक्राउ गरेको छ।  माण्डवी गाउँपालिका-२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए।

उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ गरेको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए। पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको छ। उनले हत्याबारे पनि स्वीकारेको बस्यालले बताए।  ‘सँधै गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको हुँ भनेर भनेका छन्,’ डिएसपी बस्यालले भने। हत्यामा प्रयोग भएको घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद डिएसपी बस्यालले जानकारी दिए।.

शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए। ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए। उनीहरू मृत देखेपछि प्रहरीमा खबर भएको थियो। डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको बताएका छन्। डिएसपी बस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए। उनीहरुका चार छोरा भारतमा बस्छन्। दुई छोरी बिबाह भई दाङ बस्छन्।.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ
१५ वर्षीया किशोरीको ह*त्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
एसईईको नतिजा आज सार्वजनिक हुँदै
एसईईको नतिजा आज सार्वजनिक हुँदै
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई
नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा