खाना बनाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, २ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
खाना बनाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, २ जना घाइते

सारांश

  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित देवान बाबुको घरमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
  • वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारत मोतिहारीकी २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका हुन्।
  • मासु पकाउँदा तेल सम्झी डिजेल कराईमा हालिएपछि आगो सल्किएको हो।

८ जेठ, काठमाडाैं ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित देवान बाबुको घरमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्। वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारत मोतिहारीकी २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका हुन्।

मासु पकाउँदा तेल सम्झी डिजेल कराईमा हालिएपछि आगो सल्किएको हो। आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको छ। घाइतेहरूलाई हेटौंडा अस्पताल पठाइएको छ। आगो केहीबेरमै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?