एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
  • आगामी चैत २ गतेसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वका केही क्षेत्रहरूमा देखिएको अस्थिरता र द्वन्द्वका कारण विदेशमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढेको बताएका छन् ।
  •   उनले वर्तमान परिस्थितिमा विशेषगरी पश्चिम एसिया तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको बताए ।

 

३० फागुन, काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आगामी चैत २ गतेसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वका केही क्षेत्रहरूमा देखिएको अस्थिरता र द्वन्द्वका कारण विदेशमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढेको बताएका छन् ।  उनले वर्तमान परिस्थितिमा विशेषगरी पश्चिम एसिया तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको बताए ।

उनले भने, ‘वर्तमान समयमा विश्वका केही क्षेत्रहरुमा देखिएका अस्थिरता तथा द्वन्द्वले प्रवासमा रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्ता बढाएको छ । नेपाल सरकार यसप्रति सजग छ । पश्चिम एसियाली तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरुको अवस्थाप्रति स्वभाविक रुपमा हाम्रो चासो बढेको छ । विदेशमा रहेका नेपाली नागरिकहरुको समस्या सम्बोधनको लागि परराष्ट्रमन्त्रालयले इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । यस इमर्जेन्सी कन्ट्रोल रुम मार्फत विदेशमा रहेका नेपाली नागरिकहरु तथा नेपालमा रहेका उहाँका परिवार र आफन्तहरुको बीचमा परराष्ट्रमन्त्रालयले पुन सेतुको काम गर्ने छ ।’ विदेशमा रहेका नेपाली नागरिकहरूको समस्या समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको जानकारी दिँदै मन्त्री शर्माले उक्त संयन्त्रमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपालमा रहेका उनका परिवार तथा आफन्तबीच मन्त्रालयले पुनः सेतुको काम गर्ने बताए । मन्त्री शर्माले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित देशका आधिकारिक निकायबाट जारी हुने सूचनाबारे जानकारी राख्न तथा त्यहाँ रहेका नेपाली राजदूतावासको सम्पर्कमा रहन आग्रह गरेका छन् ।

उनले भने, ‘द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरुले सम्बन्धित देशका आधिकारिक निकायबाट जारी हुने सूचनाको बारेमा जानकारी राख्न हुन र त्यहाँ रहेका नेपाली राजदूतावासको सम्पर्कमा रहन अनुरोध गर्न चाहन्छु ।’ यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि सहयोग गरेको भन्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति विशेष धन्यवाद व्यक्त गरे । आगामी दिनहरूमा पनि एनआरएनएबाट निरन्तर सहयोग जारी रहनेमा आफू आशावादी रहेको उनले बताए । उनले भने, ‘यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरुको हकहित संरक्षणको लागि सहयोग गर्नुभएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । आगामी दिनहरुमा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट निरन्तर सहयोग जारी रहने कुरामा आशावादी छौं । आजको विश्वमा प्रवासी समुदायको भूमिकाका सम्बन्धमा हाम्रो सोचलाई व्यापक बनाउन नितान्त आवश्यक भैइसकेको छ ।’ मन्त्री शर्माले आजको विश्व परिवेशमा प्रवासी समुदायको भूमिकाबारे सोचलाई अझ व्यापक बनाउनु आवश्यक भइसकेको पनि उल्लेख गरे ।

यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोले नेपाललाई विश्वकै सबैभन्दा समृद्ध र शान्त देश बनाउन सकिने बताएका छन् । उनले सबैले सङ्कल्प गर्न सक्यो भने छोटो समयमै नेपाल धेरै समृद्ध र शान्त हुन सक्ने बताए । उनले भने, ‘नेपाल तपोभूमि, देवभूमि र सुन्दर भूमि हो । संसारको सबैभन्दा समृद्ध, सबैभन्दा सभ्य, शान्त र सुन्दर देश बनाउन सकिने देश नेपाल हो, हामीले सङ्कल्प गर्यौं भने छोटो समयमै नेपाल धेरै समृद्ध र शान्त हुन सक्छ ।’ साथै आफूले व्यक्तिगत रूपमा जतिसुकै ठुलो सफलता प्राप्त गरे पनि देश समृद्ध नभएसम्म त्यसको कुनै अर्थ नहुने महसुस गरेरै एनआरएनए अभियान सुरु गरिएको उनले स्मरण गराए । तर, २३ वर्षपछि पनि सबै गैरआवासीय नेपालीहरू एकै ठाउँमा उभिन नसकेको भन्दै उनले दुः ख व्यक्त गरे ।

उनले भने ‘२३ वर्ष पछाडि फेरि एकताको कुरा गरिरहँदा खाली हल देखेर र पसिना–रगत बगाएर सारा संसारलाई बनाइरहेका तर आफ्नो देश बनाउन आतुर भएका साथीहरू यहाँ उपस्थित हुन नसकेको देखेर मेरा आँखाबाट आँसु छचल्किरहेको छ ।’ डा. महतोले विदेशमा रहेका नेपालीहरूले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरकै रेमिट्यान्स पठाइरहेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्ने बताए । १० देखि २० वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव