मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी

सारांश

  • मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै उनीमाथि कारबाहीको तयारी गरिएको हो ।
  • उनीविरुद्ध उजुरी परेपछि भएको अनुसन्धानपछि प्रहरीले उनीसँग निकट बिचौलियालाई पक्राउ गर्दै १० जना घुमुवालाई प्रहरी प्रधान कार्यालय झिकाएर सोधपुछ थालेको छ ।
  • प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत बुधबार रूपन्देहीमा आयोजित एक कार्यक्रममा डीआईजी पोखरेलको नाम नलिई एक डीआईजीमाथि कारबाहीको प्रक्रिया अघि बढिरहेको बताएका थिए ।

 

१९ भदौ , नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ।मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै उनीमाथि कारबाहीको तयारी गरिएको हो । उनीविरुद्ध उजुरी परेपछि भएको अनुसन्धानपछि प्रहरीले उनीसँग निकट बिचौलियालाई पक्राउ गर्दै १० जना घुमुवालाई प्रहरी प्रधान कार्यालय झिकाएर सोधपुछ थालेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत बुधबार रूपन्देहीमा आयोजित एक कार्यक्रममा डीआईजी पोखरेलको नाम नलिई एक डीआईजीमाथि कारबाहीको प्रक्रिया अघि बढिरहेको बताएका थिए । त्यसबेला प्रहरी महानिरीक्षक कुँवरले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक जना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । उनले संकेत गरेका डीआईजी अरू कोही नभएर उनकै ब्याची पोखरेल हुन् ।डीआईजी पोखरेल आगामी १४ असोजमा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । डीआईजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको प्रहरी स्रोतको दाबी छ । उनीमाथि भइरहेको छानबिनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको प्रमाण नै भेटिएको प्रहरी मुख्यालयको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ । डीआईजी पोखरेलमाथि भइरहेको छानबिनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एक जनासमेत गरी १० प्रहरीलाई छानबिनका लागि मुख्यालय तानेको छ ।मुख्यालय तानिनेमा प्रहरी नायब निरीक्षक चन्द्रप्रसाद यादव (सीमा प्रहरी चौकी दुहबी धनुषा), प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादव (प्रहरी चौकी मोहवा सप्तरी), वरिष्ठ हबलदार निरजकुमार साह (जिप्रका धनुषा), हबलदार बच्चेलाल यादव (जिप्रका बारा), हबलदार बृजेश मुखिया (इप्रका बालांखा भोजपुर), हबलदार शैलेन्द्रप्रसाद कुर्मी (इप्रका निजगढ), सहायक हबलदार ईश्वर अच्छामी (मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम), सहायक हबलदार मुकुन्द शर्मा (प्रहरी चौकी कपिलेश्वर धनुषा), अशोककुमार यादव (प्रहरी चौकी जनकुरधाम) र जवान सतेशलाल कायस्थ (जिप्रका धनुषा) रहेका छन् ।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल