सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग

सारांश

  • आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले विदेशी एप्सहरूले नेपालबाट खर्बौं रुपैँया लगिराखेको बताएका छन् ।
  • मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे सरकारको ध्यनाकर्षण गरे ।
  • फेसबुक, युट्युब, ट्वीटर, गेमिङ, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट वर्षेनी नेपालबाट खर्बौं विदेशीरहेको उल्लेख गर्दै उनले यस सम्बन्धमा सरकारको योजना के छ भनेर माग गरे ।

 

२७ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले विदेशी एप्सहरूले नेपालबाट खर्बौं रुपैँया लगिराखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे सरकारको ध्यनाकर्षण गरे । फेसबुक, युट्युब, ट्वीटर, गेमिङ, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट वर्षेनी नेपालबाट खर्बौं विदेशीरहेको उल्लेख गर्दै उनले यस सम्बन्धमा सरकारको योजना के छ भनेर माग गरे ।

संसारका अन्य मुलुकले जस्तै समाजको आवश्यकता अनुसार एप्स बनाउने नेपाल सरकारको आफ्नै योजना छ कि छैन भन्ने उनको प्रश्न छ । ‘अहिलेको आवश्यकता अनुसार हामीले आफ्नै नयाँ एप्स विकास गर्नै नसक्ने हो ?’ उनको प्रश्न छ । विदेशी एप्स नेपालीहरूले जसरी चलाएका छन् त्यसरी नै चलाउन सक्ने गरी आफ्नै एप्स विकास गर्न सरकारलाई उनको आग्रह छ । यसतर्फ सरकारले ध्यान नदिएको उनको आरोप छ । विदेशी एप्सहरूको नियमन गर्नेतिर सरकारको ध्यान नगएको उनको भनाइ छ । संसदमा आएको सामाजिक सञ्जाल विधेयक दर्ता भएको उल्लेख गर्दै उनले उक्त विधेयकमा विदेशी एप्सहरूको नियमनबारे कुनै योजना नरहेको बताए ।

सरकारले सामाजिक सञ्जाल विधेयक र अन्य अध्यादेशहरू अगाडि बढाइरहेको छ । म सोध्न चाहन्छु– अहिलेको आवश्यकतालाई ध्यानमा राख्नुभएको छ कि सत्तालाई, आफ्नो स्वार्थलाई ध्यानमा राख्नुभएको छ ?’ उनले भने । समाजिक सञ्जाल विधेयकमार्फत पनि के गर्न खोेजेको हो भन्ने उनको प्रश्न छ । ‘सामाजिक सञ्जालसँग सम्बन्धित क्षेत्रलाई नियमन गर्न खोज्नु भएको छ कि प्रयोगकर्तालाई नियन्त्रण गर्न खोज्नुभएको छ ?’ उनले भने । संचालकलाई नियन्त्रण नभएर प्रयोग कर्तालाई नियन्त्रण गर्न खोजेको र त्यसआधारमा कमेन्ट, लाइक, सेयर गरेकै आधारमा दण्डित हुनुपर्ने प्रावधान राखेको उनले बताए । वाक स्वतन्त्रता अर्थात, बोल्न पाउने संवैधानिक अधिकार रहेको उनले स्मरण गरे । विगतमा राजा, राणा र पञ्चायतमा समेत शासक बर्गको आलोचना हुने गरेको बताए ।

त्यसबेलाको समय अनुसार विरोधको शैली रहेको र अहिले सामाजिक सञ्जालमा देखिने गरेको उनले बताए । तर, गणतान्त्रिक सरकार आलोचनादेखि डराइरहेको किन छ भन्ने प्रश्न उब्जिएको उनले बताए । २१ शताब्दी लोकतन्त्रको युग रहेको उल्लेख गर्दै उनले लोकतन्त्रमा पनि बोलकै कारण जेल जानुपर्ने कस्तो कानुन बनाउन लागेको हो भनेर प्रश्न गरे । सामाजिक सञ्जाललाई नियमन गर्न लागेको भए त्यसअनुसारको नीति लिनुपर्ने उनले बताए । यी प्रश्नहरू आम जनताका प्रश्न रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा नियमावली अनुसार सात दिन भित्र सम्बन्धित मन्त्री र वा प्रधानमन्त्रीबाट सामाजिक सञ्जाल विधेयकको उद्देश्यबारे प्रष्ट्याउन माग गरे । ‘कि तपाईंले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजेको हो कि संचालकलाई ? यसको जवाफ चाहन्छु’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
काठमाडौँमा केन्द्रित हुँदै शिक्षक आन्दोलन
काठमाडौँमा केन्द्रित हुँदै शिक्षक आन्दोलन
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
एडीबीबाट प्राप्त १४ अर्ब ३८ करोड ऋण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु
लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी