सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ
सारांश
- सहकारी ठगी प्रकरणमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
- प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले महर्जनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
- उनीमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।
८ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले महर्जनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनीमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया