प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् ।
  • आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे ।
  • प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन् ।

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन् ।

राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराए । साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरु पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराए । प्रधानमन्त्रीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराइन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरिन् । भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा केही थप महत्त्‍वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली
स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
आत्मालोचना गर्दै विश्वप्रकाशले भने- देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो