पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
५८ पटक हेरिएको
Shares
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि

सारांश

  • नक्कली नोटसहित पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय अभिषेक कुमार यादव रहेका छन्।
  • पक्राउ परेका यादवसहित तीनजनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपासिलकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी गरेका थिए।
  • चोरी भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो।

२८ असोज, वीरगञ्ज– किराना पसलबाट चोरी गरेको आरोपमा नक्कली नोटसहित एक जना रौतहटबाट पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय अभिषेक कुमार यादव रहेका छन्।

पक्राउ परेका यादवसहित तीनजनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपासिलकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी गरेका थिए।चोरी भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो।अन्य दुई जना भने फरार रहेका छन्। 

पक्राउ परेका यादवकाे साथबाट नेपाली नक्कली नोट एक हजार दरको दुई थान बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवम् डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।बरामद भएको नक्कली नोटबारे प्रहरीले यादवसँग सोधपुछ गर्दा यादवले उक्त पसलबाट नोट चोरी गरेको बयान दिएका छन्।  नक्कली नोट र चोरीको विषयमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका यादवलाई चोरी तथा खोटा चलन सम्बन्धी कसूर मुद्दा चलाइने र फरार दुई जनाको खोजी जारी रहेको सापकोटाको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
चट्याङले लागेर २ जनाको मृत्यु
चट्याङले लागेर २ जनाको मृत्यु
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल