सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी

सारांश

  • सुदूरपश्चिममा सत्तारुढ गठबन्धनभित्र खटपट परेको छ।
  • सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबीच खटपट परेको हो।
  •   मुख्यमन्त्री कमल बहादुर शाहले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नाउपाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा गर्न निर्देशन जारी गरेका छन्।

५ असार, काठमाडौं ।

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनभित्र खटपट परेको छ। सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबीच खटपट परेको हो।  मुख्यमन्त्री कमल बहादुर शाहले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नाउपाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा गर्न निर्देशन जारी गरेका छन्।  तर चौधरी भने राजीनामा नगर्ने मुडमा छन्। नाउपाको संसदीय दलले मन्त्री चौधरीले राजीनामा नगर्ने बरु बर्खास्त गर्न मुख्यमन्त्री शाहलाई चुनौती दिएको छ।

मन्त्री चौधरीबाट गल्ती नभएको बताउँदै दल नेता घनश्याम चौधरीले गल्ती गरेको भए मन्त्रीलाई बर्खास्त गर्न चुनौती दिए। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको निर्देशकमा खेमराज जोशीलाई एकलौटी नियुक्ति गरेको, अनुदानमा पावरटिलर बाँड्न किसानबाट रकम असुलेको लगायत आरोपमा मन्त्री चौधरीलाई राजीनामा गर्न निर्देश जारी भएको बुझिएको छ। मन्त्री चौधरीले कुनै गल्ती नगरेकोले राजीनामा नदिने बरु मुख्यमन्त्रीले अधिकार प्रयोग गरेर बर्खास्त गर्न नाउपाको चुनौती छ।  चौधरी जेठ ४ गते उद्योगमन्त्री नियुक्त भएका थिए। उनीअघिका नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी उद्योगमन्त्री थिए।  आर्थिक चलखेलको अडिओ सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए।

त्यसपछि नाउपाभित्र कस्लाई मन्त्री पठाउने भन्ने किचलोकै बीच रामेश्वरलाई दल नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए।मुख्यमन्त्री शाह उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत ४ वटा समिति छन्। सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिल्दा ती समितिले पूर्णता पाएको छैन। नाउपाले सत्तारुढ दलभित्र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नाउपालाई दिने सहमति बनेको दाबी गरेको छ। सोही आधारमा आफ्नो क्षेत्राधिकार प्रयोग गर्दै जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरिएको उसले दाबी गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु
युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज; कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट