आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
१७ पटक हेरिएको
Shares
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन् ।
  • प्रचण्डले सम्भवत: १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए ।
  • बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

१९ कात्तिक, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन् । प्रचण्डले सम्भवत: १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए । बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ ।

सम्भवत: १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक संघर्षबाट गुज्रेका नेताहरूबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ,’ प्रचण्डले भनेका छन् । उनले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अविष्मरणीय ऐतिहासिक दिनका रुपमा अंकित भएको दाबी गरे । ‘तपाईं हामी सबैका निम्ति यो गर्वको कुरा हो । यो दिन कसैले बिर्साएर अब इतिहासमा बिर्सने छैन । यो खाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन,’ प्रचण्डले अघि भनेका छन्, ‘यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन पनि हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?