फोनमा चर्को बोलेको निहुँमा साथीको घाँटी रेटेर ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ६, २०८३
|
|
६१ पटक हेरिएको
Shares
फोनमा चर्को बोलेको निहुँमा साथीको घाँटी रेटेर ह*त्या

सारांश

  • बागलुङमा फोनमा चर्को स्वरमा बोलेको विषयलाई लिएर भएको विवादमा एक मजदुरले आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको खुलेको छ।
  • साउन २६ गते राति काठेखोला गाउँपालिका–३ धम्जामा भएको घटनाको अनुसन्धानका क्रममा ढोरपाटन नगरपालिका–७ का ३६ वर्षीय अशोक खत्रीको हत्या उनकै दुई जना मजदुर साथीको संलग्नतामा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
  • प्रहरीका अनुसार खत्री, ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिख दमाई गाउँमा ओखरका बिरुवा रोप्न खाल्डो खन्ने कामका लागि धम्जामा बसेर मजदुरी गरिरहेका थिए।

६ भदौ, बागलुङ । बागलुङमा फोनमा चर्को स्वरमा बोलेको विषयलाई लिएर भएको विवादमा एक मजदुरले आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको खुलेको छ।

साउन २६ गते राति काठेखोला गाउँपालिका–३ धम्जामा भएको घटनाको अनुसन्धानका क्रममा ढोरपाटन नगरपालिका–७ का ३६ वर्षीय अशोक खत्रीको हत्या उनकै दुई जना मजदुर साथीको संलग्नतामा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार खत्री, ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिख दमाई गाउँमा ओखरका बिरुवा रोप्न खाल्डो खन्ने कामका लागि धम्जामा बसेर मजदुरी गरिरहेका थिए।

घटनाअघि तीनै जनाबीच फोनमा चर्को स्वरमा बोलेको विषयलाई लिएर विवाद भएको थियो। भोलिपल्ट मदिरा सेवन गरेपछि सोही विषयमा फेरि झगडा हुँदा अर्जुनले तरकारी काट्ने चक्कुले खत्रीको घाँटी रेटेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि प्रहरीले अर्जुन र रिखलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले मदिरा सेवनपछि भएको आपसी विवादका कारण हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताए।

मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि दुवै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ