सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
१८४ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
  • भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् ।

३ भदौ, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए । भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका थिए ।

उनको पत्रअनुसार आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ । प्रदेश सभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, नेपाल एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?