भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

सारांश

  • सोमवार सभामुख देवराज घिमिरेले बोलाएका प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो ।
  • बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिष्थापन विधेयकहरुको प्रक्रिया अघि बढाइने बताए ।
  • उनले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

 

काठमाडौं- संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमवार सभामुख देवराज घिमिरेले बोलाएका प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिष्थापन विधेयकहरुको प्रक्रिया अघि बढाइने बताए ।

उनले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए । उनले भने, ‘बैठक विशेष गरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिष्थापन विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । त्यसलाई कार्यसूचिमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचिमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो ।

संसदमा सरकारले दर्ता गरेको ५ वटै प्रतिष्थापन विधेयकलाई २८ गते नै पेश गरे प्रक्रिया आरम्भ गर्छौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय मागेका छन् । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय मागेका छन् । उनले बोल्ने गरी समय निर्धारण भएको छ । लोकतन्त्र र गणतन्त्रका बिरुद्धमा केही अराजकतावादी शक्तिहरुले जुन ढंगले गलत तरिकाले संविधानलाई अवमूल्यन गर्नेगरी जे गतिविधि भएका छन् ति गलत हुन्, त्यसलाई कुनैपनि हिसावले स्वीकार गर्न सकिँदैन । संसदले पनि ख्याल पु¥याउनुपर्छ भन्ने छलफल भएको छ ।’ छलफलमा लोकतन्त्र र गणतन्त्रका बिरुद्धमा केही अराजकतावादी शक्तिहरुले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस