Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
५२ पटक हेरिएको
Shares
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला

सारांश

  •   नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ ।
  • आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो ।
  • उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो ।

११ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो । उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको बताउनु भयो । अहिले क्रियाशिल सदस्यता टुंगि नसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुन्छ । नेपाली काँग्रेसको महाधिवेशन आजसम्म ५ वर्षमै भएको छ । नवौं, दशौं, एघारौँ, बाह्रौं, तेह्रौं, चौधौँ, अब १५ औं हुने हो । ४ वर्षमा कहिल्यै भएको छैन ।

४ वर्षे कार्यकालमा एक वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष यो मंसिरमा पूरा हुन्छ । क्रियाशिल सदस्यता नविकरण टुंगिसकेको छैन । असोज मसान्त तोकेको छ । सदस्यता नविकरण नै असोज मसान्तसम्म भनेपछि कहाँबाट मंसिरमा हुन्छ महाधिवेशन ? ०८३ सालको दशैंअघि वा दशैंपछि पुग्नसक्छ । तर मंसिर भन्दा टाढा लैजानुहुँदैन । ’नेता सिटौलाले ०८३ सालको मंसिर भन्दा पछि महाधिवेशन लैजान नहुने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
एमपिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
एमपिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि