Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख

सारांश

  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
  • संघीय संसद् सचिवालय दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटनको कुनै सान्दर्भिकता नरहेको दाबी गरे।
  • सभामुख घिमिरेले सरकारले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी कटौती गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै संघीय संसद्लाई सरकार मातहतको कुनै शाखाजस्तो व्यवहार गर्नु उपयुक्त नहुने स्पष्ट पारे।

 

२८ मंसिर, काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। संघीय संसद् सचिवालय दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटनको कुनै सान्दर्भिकता नरहेको दाबी गरे।

सभामुख घिमिरेले सरकारले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी कटौती गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै संघीय संसद्लाई सरकार मातहतको कुनै शाखाजस्तो व्यवहार गर्नु उपयुक्त नहुने स्पष्ट पारे। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद् स्वतन्त्र र पूर्ण स्वायत्त निकाय भएको उनको भनाइ छ। उनले भने, ‘२७ भदौमा संसद् नै विघटन गरिनु संसदीय व्यवस्थामाथिको प्रहार हो। यसको कुनै सोझो सान्दर्भिकता छैन। पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक तथा प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ।

’ सभामुख घिमिरेले संसदको बजेटमा अर्थ मन्त्रालयको हस्तक्षेप र कर्मचारीका सेवा-सुविधा तथा दरबन्दीमा प्रशासनिक अवरोध खडा गर्नु व्यवस्थापिकामाथि कार्यकारीको नियन्त्रण स्थापित गर्ने प्रयास भएको उल्लेख गरे। ‘यदि संसदको आर्थिक र प्रशासनिक साँचो सरकारकै हातमा मात्रै रहने हो भने संसद्ले सरकारमाथि कसरी निष्पक्ष निगरानी र सन्तुलन कायम गर्न सक्छ?’भन्दै उनले यस विषयमा तत्काल छलफल, बहस र सुधार आवश्यक रहेको जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ घोषणा
यी १३ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
यी १३ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार