दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ३०, २०८०
|
|
३२ पटक हेरिएको
Shares
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल

सारांश

  • विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ ।
  • भारतको इडेन गार्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिनु अघिसम्म १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ ।
  • उसको सुरुवात राम्रो हुन सकेन ।

३० कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ ।

भारतको इडेन गार्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिनु अघिसम्म १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ ।

उसको सुरुवात राम्रो हुन सकेन । ओपनर टेम्बा बवुमा शून्यमै आउट भए भने क्विन्टन डि कक पनि ३ रनमा आउट भएपछि पावर प्लेमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएर मात्र १८ रन बनायो ।

एडेन मार्करम १० र रासी भान डेर पनि ६ रनमा आउट भएपछि दक्षिण अफ्रिका निकै दबावमा आएको छ । १४ ओभरको खेल समाप्तिपछि वर्षाका कारण खेल रोकिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?