कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १०, २०८१
|
|
६० पटक हेरिएको
Shares
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

सारांश

  • कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्।
  • दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
  • उनको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदा समेत दिएको छ।

१० वैशाख, काठमाडौं। कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्।

दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उनको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदा समेत दिएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नेछन् । पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ।उनी मंगलबार बेलुका काठमाडौं आइपुग्नेछन्।

थानीले बुधबार  प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणमा आउन लागेका उनी बुधबार फर्कने कार्यतालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?