साउदीमा ९ महिनामै १३६ नेपाली कामदारको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
७३ पटक हेरिएको
Shares
साउदीमा ९ महिनामै १३६ नेपाली कामदारको मृत्यु

सारांश

  • कार्यस्थलमै, सडक दुर्घटना, आत्महत्या, हृदयाघात र प्राकृतिक कारणबाट साउदीमा नेपाली कामदारहरूको मृत्यु भएको हो ।
  • साउदीस्थित नेपाली दूतावासका अनुसार यस अवधिमा प्राकृतिक कारणबाट ७०, सडक दुर्घटनामा २१ र कार्यस्थलको दुर्घटनामा परी १६ जना नेपाली कामदारको ज्यान गएको छ ।
  • १६ जना नेपालीले भने आत्महत्या गरेका छन् ।

१४ चैत,  काठमाडौं-

गएको ९ महिनामा मात्रै साउदी अरबमा १३६ नेपाली कामदारको मृत्यु भएको छ । कार्यस्थलमै, सडक दुर्घटना, आत्महत्या, हृदयाघात र प्राकृतिक कारणबाट साउदीमा नेपाली कामदारहरूको मृत्यु भएको हो ।

साउदीस्थित नेपाली दूतावासका अनुसार यस अवधिमा प्राकृतिक कारणबाट ७०, सडक दुर्घटनामा २१ र कार्यस्थलको दुर्घटनामा परी १६ जना नेपाली कामदारको ज्यान गएको छ । १६ जना नेपालीले भने आत्महत्या गरेका छन् । अन्य नेपालीको मृत्युको कारण खुलाइएको छैन । साउदीमा ज्यान गुमाउने कामदारको पोस्टमार्टम गरिँदैन । जसले गर्दा आधाभन्दा बढी कामदारको मृत्युको कारण खुल्दैन ।

साउदीमा ज्यान गुमाएका मध्ये १२१ नेपालीको शव नेपाल पठाइसकिएको र १५ जनाको पठाउने प्रक्रियामा रहेको दूतावासले उल्लेख गरेको छ । मृतक कामदारको शव नेपाल पठाउन कम्पनी अनुसार २ हप्तादेखि १ महिनासम्म लाग्ने गर्दछ । यद्यपि, आत्महत्याको घटनामा भने शव पठाउन ३ महिनासम्म लाग्ने गरेको छ ।  पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष मात्रै १ हजार ३४६ नेपाली कामदारको विदेशमै मृत्यु भएको थियो । जसमध्ये साउदीमा ३४९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने
युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने