Press 4K
सोमबार, २९ भाद्र २०८३

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २२, २०८२
|
|
५६ पटक हेरिएको
Shares
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ

सारांश

  • नवनियुक्त महान्यायाधिवक्ता डा.
  • नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन् ।
  • आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन् ।

२२ चैत ,काठमाडौं ।

नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन् । आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन् । बाग्लुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे । उनले सन् २०२३ मा उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ’नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका हुन् ।

पत्रकारितादेखि कानूनसम्म  कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए । २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए । २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति रहेका उनले २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिए । त्यससँगै उनको व्यावसायिक कानुनी यात्रा सुरु भयो । उनले फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल, मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थाहरूसँग आबद्ध भएर पनि काम गरेका थिए । बेलायतबाट नेपाल पÞmर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारको रुपमा पनि सक्रिय थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
सुनसरीमा माछा मार्न गएका युवकको मृत्यु
सुनसरीमा माछा मार्न गएका युवकको मृत्यु
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
लेक लागेर पर्यटकको मृत्यु   
लेक लागेर पर्यटकको मृत्यु   
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...