सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सारांश

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।
  • प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

२० जेठ, काठमाडौँ ।

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
गुल्सनले यू–१९ एसिया कप खेल्ने
गुल्सनले यू–१९ एसिया कप खेल्ने
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
प्रधानमन्त्रीको चुनौती- मेरो बेडरुमसम्म बिचौलिया पुग्छन् भन्नेले देखाउनू
प्रधानमन्त्रीको चुनौती- मेरो बेडरुमसम्म बिचौलिया पुग्छन् भन्नेले देखाउनू
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
राष्ट्रियसभामा तीन विधेयक टेबुल
राष्ट्रियसभामा तीन विधेयक टेबुल