नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन्।
  • आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
  • प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भिक भूमि भएको उल्लेख गर्दै स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने अवस्था नरहेको बताए।

 ८ असार, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भिक भूमि भएको उल्लेख गर्दै स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने अवस्था नरहेको बताए। उनले पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेकोमा जोड दिए।

“यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन,” प्रधानमन्त्री ओलीले भने, “हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हुनसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ।” उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने, भौतिक पूर्वाधारको कमी हुन नदिने र दक्ष जनशक्ति कसरी पूरा गर्ने भन्नेबारे सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्री ओलीले बिरामीको सङ्ख्या न्यूनीकरण गर्नेतर्फ पनि सरकारको ध्यान गइरहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमाथिकाे हवाई आक्रमणमा १०० जना बढी आतंककारी मारिएको भारतको दाबी
पाकिस्तानमाथिकाे हवाई आक्रमणमा १०० जना बढी आतंककारी मारिएको भारतको दाबी
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 
भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी
रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी