महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी

सारांश

  • नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै शुक्रबारको सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने बताएको हो ।
  • समितिका तर्फबाट अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले विज्ञप्ति जारी गर्दै सम्पूर्ण राहत शिक्षकहरूलाई स्थायी व्यवस्थापनका लागि परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।
  • उत्तीर्ण हुनेलाई शिक्षकमा नियुक्त गर्नुपर्ने र अनुत्तीर्ण हुनेलाई भरणपोषणसहित घर पठाइनुपर्ने उनीहरूको माग छ ।

६ असोज, काठमाडौँ — शुक्रबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा राहत शिक्षकहरूले आपत्ति जनाउँदै काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै शुक्रबारको सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने बताएको हो । समितिका तर्फबाट अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले विज्ञप्ति जारी गर्दै सम्पूर्ण राहत शिक्षकहरूलाई स्थायी व्यवस्थापनका लागि परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

उत्तीर्ण हुनेलाई शिक्षकमा नियुक्त गर्नुपर्ने र अनुत्तीर्ण हुनेलाई भरणपोषणसहित घर पठाइनुपर्ने उनीहरूको माग छ । शुक्रबारको ६ बुँदे सहमतिमा भने आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत स्थायी हुने उल्लेख छ । त्यस्तै सेवा प्रवेशको उमेरहद पनि ४० वर्ष तोक्ने र दुर्गम तथा महँगी भत्ता उपलब्ध गराउने उक्त सहमतिमा उल्लेख छ । अहिले सामुदायिक विद्यालयमा करिब ४० हजार राहत शिक्षक कार्यरत रहेका छन् । शुक्रबारको सहमतिले शिक्षक/कर्मचारीको अपमान हुने र राहत शिक्षकको न्यायोचित स्थायी व्यवस्थापन नहुने भएकाले आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू