धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सारांश

  • धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
  •   मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् ।

 

१५ असोज, जनकपुरधाम। । धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् । मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का गणपत यादव घाइते भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

सोमबार राति सवा ८ बजे जनकपुरबाट तिव्रगतिमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका २ नक्टाझिज स्थित अनियन्त्रित भएर दुर्घटना भएको हो ।चालक सत्यनारायणको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ