धनकुटा र भोजपुरको गाँजा खेती नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट

सारांश

  • धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैधरूपमा लगाएको र प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
  • कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गरिएको हो ।
  • ​अभियानअनुसार यही कात्तिक २८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखीसल्लाबाट परिचालन भएको टोलीले गाँजा खेती नष्ट गराएको हो ।

 

२९ कात्तिक, विराटनगर । धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैधरूपमा लगाएको र प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गरिएको हो ।​अभियानअनुसार यही कात्तिक २८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखीसल्लाबाट परिचालन भएको टोलीले गाँजा खेती नष्ट गराएको हो ।​

प्रहरीका अनुसार शहीदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रका साढे १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका ११ हजार गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरिएको छ ।

यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न क्षेत्रको करिब १० रोपनी पाखा बारीमा लगाएको ७ हजार ४ सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?