सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्वगाँउपालिका अध्यक्ष थारू र अन्य ८ जनालाई पक्राउ गरेको हो।
  • मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राती करिब ८ बजे जुवा खालबाट गाँउपालिका ४ का ५९ वर्षीय थारुसहित सोही स्थानका ५५ वर्षीय अहिलाल माझी, मोरङको सुन्दरहरैँचा नगरपालिका- १ का ५० वर्षीय जनककुमार मास्के, धरान उपमहानगरपालिका- १५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका- ६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका- १ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका- १० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय प्रताप राई पक्राउ परेका जानकारी दिए।
  • प्रहरीका अनुसार पक्राउ परेका थारू २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ हजार ७ सय २० मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए।

 

३० भदौ , मोरङ- मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारूसहित ९ जना जुवाडे पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्वगाँउपालिका अध्यक्ष थारू र अन्य ८ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राती करिब ८ बजे जुवा खालबाट गाँउपालिका ४ का ५९ वर्षीय थारुसहित सोही स्थानका ५५ वर्षीय अहिलाल माझी, मोरङको सुन्दरहरैँचा नगरपालिका- १ का ५० वर्षीय जनककुमार मास्के, धरान उपमहानगरपालिका- १५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका- ६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका- १ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका- १० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय प्रताप राई पक्राउ परेका जानकारी दिए।प्रहरीका अनुसार पक्राउ परेका थारू २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ हजार ७ सय २० मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले जुवा खालमा राती छापा मारेको थियो। पक्राउ परेकाहरुको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुंग तास, पाउडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद भएको मोरंग प्रहरी प्रमुख कार्कीले जानकारी दिए।कार्कीले जुवा खालबाट १७ लाख २९ हजार ५ सय र खेलिरहेका जुवाडेको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद बताए। जुवाको सञ्चालनकर्ताबारे खोजी भइरहेको जनाएको प्रहरीले राति छापा मार्ने क्रममा केही व्यक्ति फरार भएको उल्लेख गरेको छ।उनीहरूको समेत प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरी प्रमुख कार्कीले जानकारी दिए। पक्राउ परेकाहरु मध्येले आफै मिलेर खेल्दै आएको बताएका छन्। पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने तयारी गरेको प्रहरी थप अनुसन्धानमा जुटेको कार्कीको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै