गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्वगाँउपालिका अध्यक्ष थारू र अन्य ८ जनालाई पक्राउ गरेको हो।
  • मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राती करिब ८ बजे जुवा खालबाट गाँउपालिका ४ का ५९ वर्षीय थारुसहित सोही स्थानका ५५ वर्षीय अहिलाल माझी, मोरङको सुन्दरहरैँचा नगरपालिका- १ का ५० वर्षीय जनककुमार मास्के, धरान उपमहानगरपालिका- १५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका- ६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका- १ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका- १० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय प्रताप राई पक्राउ परेका जानकारी दिए।
  • प्रहरीका अनुसार पक्राउ परेका थारू २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ हजार ७ सय २० मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए।

 

३० भदौ , मोरङ- मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारूसहित ९ जना जुवाडे पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्वगाँउपालिका अध्यक्ष थारू र अन्य ८ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राती करिब ८ बजे जुवा खालबाट गाँउपालिका ४ का ५९ वर्षीय थारुसहित सोही स्थानका ५५ वर्षीय अहिलाल माझी, मोरङको सुन्दरहरैँचा नगरपालिका- १ का ५० वर्षीय जनककुमार मास्के, धरान उपमहानगरपालिका- १५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका- ६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका- १ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका- १० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय प्रताप राई पक्राउ परेका जानकारी दिए।प्रहरीका अनुसार पक्राउ परेका थारू २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ हजार ७ सय २० मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले जुवा खालमा राती छापा मारेको थियो। पक्राउ परेकाहरुको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुंग तास, पाउडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद भएको मोरंग प्रहरी प्रमुख कार्कीले जानकारी दिए।कार्कीले जुवा खालबाट १७ लाख २९ हजार ५ सय र खेलिरहेका जुवाडेको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद बताए। जुवाको सञ्चालनकर्ताबारे खोजी भइरहेको जनाएको प्रहरीले राति छापा मार्ने क्रममा केही व्यक्ति फरार भएको उल्लेख गरेको छ।उनीहरूको समेत प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरी प्रमुख कार्कीले जानकारी दिए। पक्राउ परेकाहरु मध्येले आफै मिलेर खेल्दै आएको बताएका छन्। पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने तयारी गरेको प्रहरी थप अनुसन्धानमा जुटेको कार्कीको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो
नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति