Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।

सारांश

  • प्रतिबन्धित लागू औषध गाँजाको ओसारपसारमा संलग्न एक युवकलाई लालबन्दी क्षेत्रबाट २४४ किलो गाँजासहित नियन्त्रणमा लिइएको छ।
  • ईलाका प्रहरी कार्यालय लालबन्दीको समन्वयमा गरिएको विशेष अपरेशनमार्फत उक्त सफल कारवाही गरिएको हो।
  • विशेष सूचनाका आधारमा हिजो राति करिब ११ बजे, मरिनबाट लालबन्दीतर्फ प्रतिबन्धित लागू औषध ओसारपसार भइरहेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट चोकमा चेकप्वाइन्ट स्थापना गरेको थियो।

४ वैशाख, सर्लाही।

प्रतिबन्धित लागू औषध गाँजाको ओसारपसारमा संलग्न एक युवकलाई लालबन्दी क्षेत्रबाट २४४ किलो गाँजासहित नियन्त्रणमा लिइएको छ। ईलाका प्रहरी कार्यालय लालबन्दीको समन्वयमा गरिएको विशेष अपरेशनमार्फत उक्त सफल कारवाही गरिएको हो। विशेष सूचनाका आधारमा हिजो राति करिब ११ बजे, मरिनबाट लालबन्दीतर्फ प्रतिबन्धित लागू औषध ओसारपसार भइरहेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट चोकमा चेकप्वाइन्ट स्थापना गरेको थियो।

चेकजाँचको क्रममा मरिनतर्फबाट अत्यधिक गतिमा आएको बा २० च १७८२ नम्बरको बोलेरो पिकअप गाडीले चेकप्वाइन्टमा नरोकी सिधै भाग्ने प्रयास गरेपछि प्रहरी टोली सतर्क बनी गाडीलाई हिरापुर क्षेत्रमा रोक्न सफल भयो। त्यसपछि पिकअप गाडीमा सवार चालक, लालबन्दी नगरपालिका–१ नवलपुर निवासी करिब २५ वर्षीय सुशिल चौधरीलाई नियन्त्रणमा लिइयो। गाडीको जाँच गर्दा धानको भुसको बोरा मुनी लुकाइएको अवस्थामा रातो प्लास्टिकमा प्याक गरिएको ४५ वटा पोकामा राखिएको २४४ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले प्रतिबन्धित लागू औषधको रूपमा सो पदार्थलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार यस घटनासम्बन्धी थप अनुसन्धान भईरहेको छ। प्रहरीले लागू औषध नियन्त्रण सम्बन्धी कानून अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
ममाथिको आक्रमण राजनीतिक हो : गृहमन्त्री लेखक
ममाथिको आक्रमण राजनीतिक हो : गृहमन्त्री लेखक
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश