Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ममाथिको आक्रमण राजनीतिक हो : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
४४ पटक हेरिएको
Shares
ममाथिको आक्रमण राजनीतिक हो : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको बताएका छन् ।
  • भिजिट भिसामा जोडिएको विषयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भिजिट भिसा प्रकरणमा कुनै सहभागिता नरहेको बताएका हुन् ।
  • ‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछका लागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएको हुँ’, उनले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।

१४ जेठ, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको बताएका छन् । भिजिट भिसामा जोडिएको विषयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भिजिट भिसा प्रकरणमा कुनै सहभागिता नरहेको बताएका हुन् । ‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछका लागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार

माध्यमबाट जानकारी पाएको हुँ’, उनले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।’ उनले आफूले विषय राख्नका लागि समय माग गरेको नपाएको कारणले आफूले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेको बताए । साथै, उनले आफ्नो जीवन पारदर्शी भएको समेत बताए । ‘मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक जीवन नै हो, म जनताका माझमा छु’, उनले भने ।

मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताए । उनले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्ने समेत बताए । ‘अख्तियार दुरुपयोगबाट हुने कुनै पनि छानबिनलाई म खुल्ला रूपले सहयोग गर्छु’, उनले भने । विपक्षी दलले राजीनामा माग्दै संसद् अवरूद्ध पारे पछि बुधबार गृहमन्त्री लेखकले संसदबाटै जवाफ दिन खोजेका थिए । तर संसदमा बोल्न असम्भव भएपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन देशको मुद्राको विनिमयदर कति?
आज कुन देशको मुद्राको विनिमयदर कति?
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
आर्थिक कार्यविधि अध्यादेश बहुमतले स्वीकृत
आर्थिक कार्यविधि अध्यादेश बहुमतले स्वीकृत
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
आन्ध्र प्रदेशमा प्रहरी र माओवादी बीच भिडन्त, ६ जना माओवादीको मृ*त्यु
आन्ध्र प्रदेशमा प्रहरी र माओवादी बीच भिडन्त, ६ जना माओवादीको मृ*त्यु
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
विश्वकप लिग–२: नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२: नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक