करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना

सारांश

  • करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध आन्दोलित उद्योगी–व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीअगाडि धर्ना दिएका छन् ।
  • करदाता सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय गरेपछि सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा उनीहरू कार्तिक २० गतेदेखि आन्दोलित भएका हुन् ।
  • निर्धारित कार्यक्रमअनुसार उद्योगी–व्यवसायीले आइतबार एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् ।

३० कात्तिक, राजविराज ।

करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध आन्दोलित उद्योगी–व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीअगाडि धर्ना दिएका छन् । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय गरेपछि सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा उनीहरू कार्तिक २० गतेदेखि आन्दोलित भएका हुन् । निर्धारित कार्यक्रमअनुसार उद्योगी–व्यवसायीले आइतबार एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् ।

अझै सरकारले गम्भीरता नदेखाए थप सशक्त आन्दोलन गर्ने संघका महासचिव अमृत संचेतीले बताए । ‘आन्दोलनका थप कार्यक्रम छलफलपछि तय गरिने छ’, उनले भने । यसअघि गजेन्द्रनारायण सिंह चोकमा प्रदर्शन, चक्काजाम र बजार बन्दसमेत गरेका उद्योगी–व्यवसायीले कार्तिक २२ देखि २७ गतेसम्म सोही चोकमा धर्ना बसेर हस्ताक्षर संकलन गरेका थिए । कार्तिक २७ गते दिउँसो सो हस्ताक्षर गरिएको तुल बोकेर मौन जुलुससहित प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई बुझाएपछि २८ गतेदेखि कारोबारस्थलमा कालो झण्डा र कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीले आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै
नेपाल प्रहरीले आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्दै
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे