मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
९७ पटक हेरिएको
Shares
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
  • सिंह महोत्तरी क्षेत्र नं.
  • ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

३० असोज, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ (झन्डै २८.२५ प्रतिशत) रकम सिंहले घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए । सो रकमको केही हिस्सा उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
रास्वपा केन्द्रीय समिति बैठक सुरु
रास्वपा केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल
मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह