कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
६८ पटक हेरिएको
Shares
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

सारांश

  • कास्की कारागारबाट कैदीबन्दी भागेका छन् ।
  • जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् ।
  • जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।

२४ भदौ, पोखरा ।

कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।

बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेर भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।आन्दोलनकर्मीहरु भित्र छिरेर तोडभोड गरे र भित्रबाट कैदीबन्दी पनि उत्रिएपछि कारागार तोडेर भागेका हुन्’ जिल्ला प्रहरी कार्यालयले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?