Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

सारांश

  • धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
  • पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
  • बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

१३ जेठ, काठमाडौं ।

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ । पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?