टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,

सारांश

  • जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको टोखाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
  •   आइतबार साँझ टोखा नगरपालिका- १० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।
  •  जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना महिलासमेत छन्।

१६ असार, काठमाडौं ।

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको टोखाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।  आइतबार साँझ टोखा नगरपालिका- १० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना महिलासमेत छन्।

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका- ५ घर भइ काठमाडौँको तारकेश्वर नगरपालिका- ४ बस्ने ३७ वर्षीया तिलकुमारी बुढा, मालिका- १ घर भएका ६६ वर्षीय शेरबहादुर पुन, गोरखा आरुघाट गाउँपालिका- ७ घर भई तारकेश्वर- ४ बस्ने ४२ वर्षीय कृष्ण न्यौपाने, सोही ठाउँ घर भइ गोंगबु बस्ने ३७ वर्षीय शंकर धिताल, सोही ठाउँका ४९ वर्षीय खड्ग अधिकारी रहेका छन्।

त्यसैगरि रसुवाको कालिका गाउँपालिका- ४ घर भइ तारकेश्वर- ६ हिलटोल बस्ने ४२ वर्षीय गोविन्द बहादुर तामाङ, नुवाकोटको स्पिाङ गाउँपालिका- २ घर भई काठमाडौँ सामाखुसी बस्ने ३९ वर्षीय जसवीर तामाङ, नुवाकोटकै पञ्चकन्या गाउँपालिका- २ घर भएकी ४० वर्षीया लक्ष्मी न्यौपाने, झापाको दमक- ३ घर भएका ५० वर्षीय विमल अधिकारी, गोरखाकै आजिरकोट गाउँपालिका- ८ घर भएका ४२ वर्षीय कृष्ण सुनार र कास्कीको लेखनाथ नगरपालिका- ७ का ४८ वर्षकी बास्मती गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
‘जेन–जी’को प्रदर्शनमा दमन : प्रहरीको गोली लागेर एक जनाको मृ*त्यु
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...