संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ ।
  • मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरेर तीन समितिको बैठक बस्न लागिएको हो ।
  • आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ ।
मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरेर तीन समितिको बैठक बस्न लागिएको हो ।


आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, वि.पी र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?