दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
९८ पटक हेरिएको
Shares
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु

सारांश

  • डोटीको जोरायल गाउँपालिका-४ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
  • शुक्रबार कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशैँ मान्न जाने क्रममा ३७ बर्सिया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो ।
  • चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीसँगै दशैं मनाउन घर हिँडेकी थिइन् ।

२५ असोज, डोटी । डोटीको जोरायल गाउँपालिका-४ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शुक्रबार कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशैँ मान्न जाने क्रममा ३७ बर्सिया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो ।

चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीसँगै दशैं मनाउन घर हिँडेकी थिइन् । उनी  घर पुग्न नपाउँदै मृत्यु भएको मृतकका भाइ सबिन पुनले जानकारी दिए । जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँभन्दा करिब ५ सय मिटर माथि उकालो चढ्ने क्रममा लडेर करिब ५० मिटर तल कच्ची सडकमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको घाटी र अनुहारमा चोट लागेको घटनास्थलमा रहेका उनका आफन्तहरूले जानकारी दिए ।

घटनाबारे प्रारम्भिक सूचना आएको र प्रहरी टोली घटनास्थलतर्फ गइरहेको इलाका प्रहरी कार्यालय विपिनगर इन्चार्ज प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए । उनले आफूहरू आधा बाटो पुगेको र घटनास्थल पुग्न अझै समय लाग्ने बताए । सो स्थानमा भीरबाट लडेर ज्यान गुमाउने भावना दोस्रो महिला हुन् । यही असोज -४ सोही भीरबाट लडेर जोरायल गाउँपालिका-४ की ३४ वर्षीया रोहित बोहराको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल