राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
राजनीतिक संस्कार नदेखिएको भन्दै उज्यालो नेपाल पार्टीमा बस्न प्रधानको अस्वीकार

सारांश

  • ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा राखिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन् ।
  • उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको सूचीमा चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ ।
  • मन्त्री घिसिङसँग छलफल भएको तर केन्द्रीय समितिमा बस्ने विषयमा आफ्नो सहमति नभएको प्रधानले बताए ।

२६ कात्तिक, काठमाडौं ।

ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा राखिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको सूचीमा चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ । मन्त्री घिसिङसँग छलफल भएको तर केन्द्रीय समितिमा बस्ने विषयमा आफ्नो सहमति नभएको प्रधानले बताए । उनले भने, ‘नयाँ दल आए पुराना दललाई सच्चिन दबाब पर्छ भन्ने हिसाबबाट छलफल भएको हो तर उज्यालो पार्टीमा बस्ने विषयमा मेरो सहमति छैन ।

पार्टी गठन जुन ढंगबाट हुनुपर्थ्यो त्यसरी नभएको र पछिल्लो समय घिसिङको फोन समेत नउठेको प्रधानको गुनासो छ । ‘पार्टी गठनको शुरुवातमै राजनीतिक संस्कार नदेखिए जस्तो लाग्यो,’ प्रधानले टेलिफोनमा भने । उज्यालो नेपाल पार्टीले मंगलबार निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको थियो । सूचीको १० औं नम्बरमा नाम भएकी टासी ल्हान्जोमले पनि पार्टीमा बस्न अस्वीकार गरिसकेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ
दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि, घर रुकुम-पश्चिम
लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि, घर रुकुम-पश्चिम