सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?

सारांश

  • हालै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ ले नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको देखिएको छ ।
  • सो प्रतिवेदनले खासगरी ठगले विभिन्न सामाजिक सञ्जालका माध्यमबाट निःशुल्क उपहारको लोभ देखाएर साइबर ठगी गर्ने गरेको देखाएको छ ।
  •  वाट्सएप तथा फेसबुकका माध्यमबाट यस किसिमका अधिक अपराधिक गतिविधि हुने गरेका छन् ।

 

३ मंसिर, पछिल्लो समय बैंकिङ प्रणाली जुन रफ्तारमा प्रविधिमय भइरहेको छ त्यही अनुपातमा ठगीका घटनाहरू समेत बढ्न थालेका छन् । हालै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ ले नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको देखिएको छ ।

सो प्रतिवेदनले खासगरी ठगले विभिन्न सामाजिक सञ्जालका माध्यमबाट निःशुल्क उपहारको लोभ देखाएर साइबर ठगी गर्ने गरेको देखाएको छ । वाट्सएप तथा फेसबुकका माध्यमबाट यस किसिमका अधिक अपराधिक गतिविधि हुने गरेका छन् ।नक्कली फेसबुक अकाउन्ट बनाएर उक्त खाता प्रयोग गरी व्यक्तिका आफन्त र नजिकका साथी सर्कललाई च्याट गर्ने र विभिन्न बहानामा पैसा माग्ने गिरोह सक्रिय छ ।

सो प्रतिवेदनका अनुसार नक्कली अनलाइन व्यवसाय र ट्रेडिङ प्लेटफर्म नाममा हुने ठगी १३ प्रतिशत, बैंकिङ कारोबारका लागि ‘ओटीपी’ मागेर हुने ठगी ९ प्रतिशत, नक्कली लटरी (चिठ्ठा) प्रयोग गरेर हुने ठगी ७ प्रतिशत, अनाधिकृत पहुँचबाट बैंकरवालेट खाताको रकम ट्रान्सफर गरी हुने ठगी ७ प्रतिशत र अन्य ठगी १३ प्रतिशत देखिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको तथ्याङ्क हेर्दा प्रत्येक महिना करिब ८० भन्दा धेरै अनलाइन ठगीका  उजुरीहरू आउने गरेका छन् । प्रहरीको यो तथ्याङ्कले पनि बैंकिङ प्रणाली प्रविधिमय भएसँगै प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको पुष्टि गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?